Dhulikhel Eco Banner new

९१ दिनका लागि १ खर्ब निक्षेप संकलन गर्दै नेपाल राष्ट्र बैंक

1.13K
shares

काठमाडौँ, ३१ असार । नेपाल राष्ट्र बैंकले ९१ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने भएको छ। राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्न १ खर्ब बराबरको निक्षेप संकलन गर्ने भएको हो।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज (बुधबार) एक सूचना जारी गर्दै ९१ दिनको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्न बोलकबोल आह्वान गरेको छ। बोलकबोल आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत हुनेछ। निक्षेप संकलन उपकरण आजै निष्काशन गरिनेछ भने यसको साँवा तथा ब्याज आगामी असोज २८ गते भुक्तानी गरिनेछ ।

ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ। बोलकबोलमा न्यूनतम १० करोड रूपैयाँ र अधिकतम पाँच करोड रूपैयाँ दरले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सकिने छ।