मन्दाकिनी हाइड्रोपावरको आइपीओ बाँडफाँट सम्पन्न, १६ सयको आवेदन रद्द
वि.सं.२०७९ साउन १७ मंगलवार १६:४४
shares

काठमाडौं, १७ साउन । मन्दाकिनी हाइड्रोपावर कम्पनीको आइपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको बिक्री प्रबन्धक बीओके क्यापिटल लिमिटेडको कार्यालय नक्साल काठमाडौंमा मंगलबार आइपीओ बाँडफाँट सम्पन्न भएको हो ।
क्यापिटलका अनुसार यस आईपीओमा कुल १५ लाख ४७ हजार ९ सय ४९ जनाको आवेदकबाट कुल १ करोड ६९ लाख १६ हजार ९ सय ८० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये १ हजार ६ सय ६५ जनाको आवेदन रद्द भएको छ ।
योग्य रहेका १५ लाख ४६ हजार २ सय ८४ जनालाई गोलाप्रथाको माध्यमबाट शेयर बाँडफांड गरिएको छ । जस अनुसार १ लाख ९ हजार ३ सय ७४ जनाले शेयर पाएका छन् । यी मध्ये ९ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् ।


















