Dhulikhel Eco Banner new

अभियान लघुवित्तको आईपीओ बाँडफाँट, के तपाईलाई पर्यो ?

10.01K
shares

काठमाडौं, ३० साउन । आज अभियान लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा सो शेयर बाँडफाँट भएको हो ।

लघुवित्तले साउन १८ गतेदेखि २२ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका ९ लाख ७५ हजार कित्ता शेयर निष्काशन गरेको थियो। सोमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको थियो। बाँकी ९ लाख १३ हजार ७५० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो।

सो शेयरमा कुल १९ लाख ८० हजार ९७६ जनाले आवेदन दिएका थिए। जसमध्ये १९ लाख ७८ हजार ५९४ आवेदन स्वीकृत भएका छन् भने २ हजार ३७६ आवेदन रद्द भएको छ। माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार स्वीकृत आवेदनमध्ये गोलाप्रथा माध्यमबाट ९१ हजार ३७५ जनालाई कम्पनीको शेयर बाँडफाँट गरिएको हो।