Dhulikhel Eco Banner new

प्राइम लाइफको बीमा शुल्क १६ प्रतिशतले बढ्यो

4.28K
shares

काठमाडौं, ३० साउन । प्राइम लाइफले गत आर्थिक वर्ष ९७८र७९ को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार कम्पनीको कुल बीमा शुल्क आर्जन १६ दशमलव २२ प्रतिशतले वृद्धि हुँदै ४ अर्ब ६९ करोड पुगेको छ ।

अघिल्लो आर्थिक वर्ष ९७७ ७८ मा कम्पनीले ४ अर्ब ४ करोड बीमा शुल्क आर्जन गरेको थियो ।
कम्पनीको नाफा गत आर्थिक वर्षमा २८ दशमलव ६१ प्रतिशतले घट्दै २२ करोड ८८ हजार पुगेको छ भने अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ३० करोड ८२ लाख थियो ।

२ अर्ब ७७ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडामा ५३ करोड २९ लाख रुपैयाँ संचित छ भने जीवन बीमा कोषमा १ वर्षको अवधिमा २६ दशमलव २९ प्रतिशत वृद्धि हुँदै १८ अर्ब ५५ करोड पुगेको छ।

प्रकाशित तथ्यांक अनुसार कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ७ रुपैयाँ ९२ पैसा र किताबी मूल्य १२५ रुपैयाँ ६४ पैसा छ । गत आर्थिक वर्षमा १ अर्ब ४१ करोड कुल दावी भुक्तानी गरेको कम्पनीले १ करोड ४६ लाख भुक्तानी गर्न बाँकी दावी रकम रहेको छ ।