दुर्गन्धित काठमाडौं : पैदलयात्रीलाई बाटो काट्नै मुश्किल
काठमाडौं महानगरको दावी– ४ दिनमा फोहोर उठिसक्छ
वि.सं.२०७९ भदौ १ बुधवार १३:२०
shares

काठमाडौं, ३१ साउन । काठमाडौंको ज्ञानेश्वरबाट गौशाला जाने बाटोमा रातो पुल छ । रातोपुलको छेउँमै फोहोरको पहाड छ । अहिले त्यस बाटो भएर हिड्ने पैदलयात्री, साइकल यात्रीहरु नाक थुनेर हिड्नु परेको छ ।
पैदलयात्रीहरु फोहोरको दुर्गन्धका कारण सास फेर्न पनि मुश्किल परेको सुनाउछन् । ‘रातोपुल कटिसक्न पनि महाभारत नै पुगे जस्तै हुन्छ’ बाटोमा भेटिएकी एक पैदलयात्री भन्छिन्, ‘अब त बाटो हिड्दा पनि हैजा लाग्छ जस्तो भइसक्यो ।’
फोहोरबाट विभिन्न प्रकारका सरुवा रोगहरु लाग्ने गर्छन मानिसको जीवनलाई प्रत्यक्ष असर पार्ने कुराहरुबाट पनि सुरक्षित हुन नपाउदा निकै दुखी छन् उपत्यकाबासी । मैतीदेवी बस्दै आएकी कुमारी तामाङ भन्छिन्, ‘हामी फोहोर फ्याल्नेहरुको पनि कमजोरी छ ।’

उनी थप्छिन्, ‘अहिले फोहोर उठाएर लैजान्छ गााडीले त्यो बेला चुपचााँप बस्छौ अनि बाटो सफा भएपछि बेलुका ल्यायो त्यही फोहोर फ्याकिदियो अनि कसरी सफा हुन्छ ?’
कुहिने फोहोरलाई कुहााएर मल बनाउने अनि नकुहिने फोहेरलाई मात्रै फ्याल्ने गर्ने हो भने यो दुर्गन्धबाट हदसम्म बच्न सकिन्छ । सर्वसाधारण आफै सचेत हुने हो भने पनि अहिलेका धेरै समस्याहरु समाधान गर्न सकिने उनी बताउछन् ।
काठमाडौं नगरपालिकाका प्रवक्ता नविन मानन्धरका अनुसार अहिले काठमाडौंमा दैनिक ६ सय टन फोहोर जम्मा हुने गरेको छ । एक साता भन्दा लामो समय फोहोर नउठ्दा सडकमा दुर्गन्ध फैलिएको हो । तर अहिले काठमाडौं उपत्यकामा फोहोर उठ्न थालिसकेको प्रवक्ता मानन्धरले बताए ।
अब काँहीबाट अवरोध आएन भने र लगातार फोहोरलाई ल्यान्डफिल्ड साइटमा पुर्याउने उनले बताए । उनले भने, ‘वातावरण बन्यो अब ३ देखि ४ दिनसम्ममा काठमाडौको सबै फोहोर उठिसक्छ ।’

बञ्चरे डाँडामा लगेर फोहोर विसर्जन गरिरहेको उनले बताएका छन् । यो फोहोर अगाडि नै उठ्ने तर सिसडोल भरिएको र बञ्चरे डाँडाँमा फोहोर लैजान समस्या भएकाले उठ्न नसकेको बताउछन् । अहिले दैनिक उत्पादन हुने ६ सय टन फोहोर अनि लामो समयसम्म उठ्न नसक्दा त्यही थपिदै जाने र फोहोरको पहाड धरहरा भन्दा ठुलो हुने अवस्था भएको छ । मूख्य समस्या हो ।
अहिले धमाधम बढीरहेको कोरोनाको संक्रमण अनि सहर बजारमा हुने फोहोरले मानिसको जीवनमा प्रत्यक्ष असर पारिरहेको छ । यस्तै फोहोर व्यवस्थापन गर्न गर्न हर प्रयास गरिरहेको तर पनि असमर्थ भएको वातावरण प्रमुख सरिता राई बताउछिन् । अहिले पनि फोहोर बोकेर गएका गाडीहरु बाटोमै अलपत्र परेका छन् । स्थानीयबासीहरुले फोहोर फ्याल्न नदिएपछि मंगलबार बिहानै गएका गाडीहरु बीच बाटोमै अड्किएका छन् । कुनै उपाय नलागेपछि प्रहरी बलको सहयोग लिएर फोहोर विसर्जन गर्न लागिएको राई बताउछिन् ।
फोहोर उठाउन नपाएको ९, १० दिन भएको भएको उनी बताउछिन् । यत्तिका दिन फोहोर नउठाउदा काठमाठौमा अहिले करिब ५ हजार ४ सय टन फोहोर रहेको उनी बताउछिन् । फोहोर बोक्ने गाडी झण्डै ५ सय रहेको र फोहोरको काम गर्ने कर्मचारी करिब ९ सय रहेको उनी बताउछिन् ।

विसर्जन हुने ठाउमा समस्या नहुने हो भने काठमाडौंमा फोहोरको यत्रो समस्या नै नहुने उनको भनाई छ । यो बर्खाको बेला छ । कहिले धेरै पानीले फोहोर लाने गाडी जान नसक्ने र बल्ल पानी र बाटो सहज हुन्छ स्थानीयबासीले फोहोर लानै दिदैनन् । बल्ल तल्ल वातावरण निर्माण गर्यो बेला अर्को समस्या आईपर्छ त्यसले गर्दा फोहोर व्यवस्थापन गर्न समस्या भएकोे उनी भन्छिन् ।
दिनानुदिन फोहोरको कारण काठमाडौं बासीहरुले ठुलो समस्या खेपिरहेका छन् । जताततै फोहोर, दुर्गन्ध फैलिएको छ । फोहोरकै कारण धेरै मानिसहरुमा रोग लागेको छ । यो वर्खाको बेलामा पानीले फोहोरलाई बगाएर जताततै छ्यालब्याल पारेको छ । खोला नाला पानीका मूख्य स्रोतहरुलाई अस्तव्यस्त पारेको छ । पैदल यात्रा गर्ने मान्छेहरुलाई ठुलो सास्ती भएको छ । सडक पेटीमा फोहोर थुपारिएको छ । हिडने बाटो नै बन्द भएका छन् ।

हुन त देशको राजधानी भएको ठाँउमा फोहोर धेरै हनु स्वभाविक नै हो । किनभने धेरै जनसंख्या भएको ठाँउ अनि घरैघर त्यहीमाथी घरेलु व्यवस्थापन गर्न असम्भव । धेरै उपत्यकामा बस्ने मानिसहरु बाहिरी जिल्लाबाट आएर कोठा भाडामा बसेका छन् । उनीहरुको न त बारी न त कुनै तरकारी लगाउने ठाँउ नै जति भएको फोहेर सबै बाहिर फ्याल्नुको अर्को विकल्प छैन ।
स्थानीयहरुको पनि लापरबाही हो की ?साउन १ गतेबाट नै कुहिने र नकुहिने फोहोर छ्ट्याएर राख्ने भनेपनि त्यो भनाईमा मात्रै सिमित बनेको छ । यो फोहोर व्यवस्थापन नहुनुमा सबैको साथ र सहयोग पनि नभएको जस्तो लाग्छ । काठमाडौं, उत्यकाका मेयर बालेन शाहले फोहोरलाई पहिलो प्राथमिकतामा राखेर प्रक्रिया अगाडि बढाउने भनेका थिए । तर फोहोर काण्ड भने ज्युँकोत्युँ छ । हिडने बाटो अवरुद्ध छ ।

मानिसहरु बिहान बिहान व्यायाम गर्न निष्किदा अरु रोगले च्याप्ने चिन्तामा रहेका छन् । शरीरलाई तन्दुरुस्त राख्नका लागि व्यायाम गर्ने हो तर बाहिर हिड्डुल गर्न सक्ने अवस्था छैन । यसलाई उचित व्यवस्थापन गर्न नसक्दा अहिले काठमाडौं महानगरपालिकाको स्थिति भयावह बनेको छ । कुनैबेला कान्तिपुरी नगरी भनेर चिनिने काठमाडौं अहिले कुरुप बनेको छ । यसलाई व्यवस्थापन गर्ने काठमाडौंलाई सफा र सुन्दर बनाउने कुरामा कसैको पनि ध्यान गएको देखिदैन ।

















