नेपाल एसबिआई बैंकको नाफा ३८ प्रतिशतले बढयो
वि.सं.२०७९ कात्तिक ८ मंगलवार १०:१६
shares

काठमाडौं, ८ कात्तिक । नेपाल एसबिआई बैंकले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६८ प्रतिशत वृद्धि भएको हो ।
कम्पनीले गत आवको पहिलो त्रैमासमा ३७ करोड २९ लाख नाफा कमाएकोमा चालू आवमा बढेर ६२ करोड ७३ लाख पुगेको हो ।
चालू आवमा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानीमा वृद्धि भएसँगै नाफा बढेको हो । गत आवमा कम्पनीको सञ्चालन नाफा ५३ करोड १९ लाख रहेकोमा चालू आवमा बढेर ८९ करोड ३४ लाख पुगको छ ।
त्यसैगरी कम्पनीले गत आवमा ८४ करोड ५४ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा बढेर १ अर्ब २९ करोड पुगेको हो । त्यसैगरी कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ ।
गत आवमा प्रतिशेयर आम्दानी १५ दशमलव १८ रहेकोमा चालू आवमा बढेर २५ दशमलव ५४ पुगेको छ । चालू आवमा कम्पनीको वितरणयोग्य नाफा १ अर्ब ६३ करोड रहेको छ ।
सो अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात १० दशमलव ६९ गुणा,तरलता अनुपात २५ दशमलव ६१ प्रतिशत र प्रतिशेयर नेटवर्थ १७९ दशमलव ५९ रहेको छ ।
कम्पनीको चुक्ता पूँजी ९ अर्ब ८२ करोड रहेको छ । चालू आवमा कम्पनीले जगेडामा ६ अर्ब १८ करोड र रिटेण्ड अर्निङमा १ अर्ब ६३ करोड सञ्चित गरेको हो ।

















