GBIME

नेरुडे लघुवित्त र शिखर इन्स्योरेन्सको शेयर मूल्य समायोजन

954
shares

काठमाडौं, १६ माघ । नेपाल स्टक एक्सचेञ्ज ( नेप्से) ले नेरुडे लघुवित्त वित्तीय संस्था र शिखर इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन गरेको छ ।

यी दुबै कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १७ गते बुक क्लोज गरेकाले आजको अन्तिम कारोबार मूल्यका आधारमा नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।

शिखर इन्स्योरेन्सको १६ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू.८०८ दशमलव ६२ तोकेको छ ।कम्पनीको अन्तिम शेयर मूल्य रू. ९३८ को आधारमा शेयर मूल्य समायोजन गरेको हो ।
त्यस्तै नेरुडे लघुवित्त वित्तीय संस्थाले २२ प्रतिशत बोनस शेयरकोसमायोजन पछि मूल्य रू.८२७ दशमलव ८७ तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य रू. १ हजार १० को आधारमा शेयर मूल्य समायोजन गरेको हो ।