GBIME

आज तीन वटा कम्पनीको शेयर कारोबार फुकुवा

888
shares

काठमाडौं, १६ माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले तीन कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ ।

नेप्सेले प्राइम लाइफ इन्स्योरेन्स,यूनियन लाइफ इन्स्योरेन्स र गुँरास लाइफ इन्स्योरेन्सकोे शेयर फुकुवा गरेको हो । यी तिनओटै कम्पनीको आधारभुत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा नेप्सेले गरेको हो ।

अव यी कम्पनीको भोलि अर्थात बिहीवार देखि शेयर खरीदविक्री गर्न मिल्नेछ । यी तीन ओटै कम्पनी एक आपसमा मर्जरमा जो समझदारी पत्रमा हस्ताक्षर भएसँगै गत जेठ ३ गते देखि शेयर कारोबार रोक्का भएको थियो ।

हाल मर्जर तथा प्राप्ति प्रयोजनका लागि शेयर कारोबार एकीकृत कारोबार पछि मात्र बढीमा १५ दिन मात्र रोक्का गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा आएसँगै रोक्का रहेका कम्पनीहरूले कारोबार फुकुवाको प्रक्रिया अघि बढाएका हुन् ।