GBIME

सुनको भाउ घट्यो, कतिमा हुदैछ कारोबार ?

1.04K
shares

काठमाडौं, १७ माघ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार प्रति तोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज मंगलबार तोलामा ५ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा ५ सयले घटेर प्रति तोला १ लाख ५ हजार ३ सयमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको भाउ भने स्थिर रहेको छ । सोमबार कायम भएको प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा नै मंगलबार पनि कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज दश ग्राम छापावाल सुनको मुल्य ९० हजार ७ सय ५ रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९० हजार २ सय ७५ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ७० कायम गरेको छ।