GBIME

एक्सेल डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

822
shares

काठमाडौं, १७ माघ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले ३७ हजार ५०० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर बिक्रीमा ल्याएको हो । उल्लेखित शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापकहरूले आगामी ३५ दिनमित्र कम्पनीको केन्द्रीय कार्यालय बिर्तामोड, झापामा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यो शेयर जारी गरिने पनि कम्पनीले भनेको छ ।