युनियन, प्रभु र सिटिजन लाइफलाई बीमा प्राधिकरण गर्यो कारबाही
वि.सं.२०७९ चैत २९ बुधवार १८:४२
10.22K
shares
shares

काठमाडौं, २९ चैत । काठमाडौं, २९ चैत । बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले तीन बीमा कम्पनीहरुलाई कारबाही गरेको छ । सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनको पालनामा ध्यान नदिएको भन्दै युनियन लाइफ, प्रभु लाइफ र सिटिजन लाइफलाई कारबाही गरेको हो ।
बिमा प्राधिकरणका प्रवक्ता राजु रमण पौडेलका अनुसार तीन वटै कम्पनीलाई २/२ लाख रुपैयाँका दरले जरिवाना गरिएको हो । ‘सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनको पालना नगरेका कारण कम्पनीहरुलाई नगद जरिवाना गरिएको हो,’ प्रवक्ता पौडेलले भने ।


















