Dhulikhel Eco Banner new

आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै भिजन लुम्बिनी उर्जा

4.28K
shares

काठमाडौं, १६ कात्तिक । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले २० लाख ७५ हजार २८५ कत्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। कम्पनीको सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ३ लाख ८० हजार कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।