बालकुमारी घटना : मन्त्री नपुगेको भए जोगिने थियो २ युवाको ज्यान !
वि.सं.२०८० पुस १६ सोमवार १०:५६
shares

काठमाडौं, १६ पुस । २ युवाको ज्यान जाने गरी भएको घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको कमजोरी देखिएको छ । संसदको राज्य व्यवस्था समितिको सोमबारको बैठकमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले मन्त्रीकै कमजोरी रहेको खुलासा गरेका हुन् ।
युवाहरु प्रदर्शनमा उत्रिरहेको बेला गलत दिशा प्रयोग गर्दै झण्डा फहराएर मन्त्री ज्वाला प्रदर्शन स्थलमा पुगेका थिए । प्रहरी महानिरीक्षक कुँवरले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको कमजोरीका कारण घटना भएको स्वीकार गरेका छन् ।
उनले मन्त्री जस्तो मान्छेले बालकुमारीको बाटो हुँदै यात्रा गर्दा प्रदर्शनकारी उग्र बनेको र दुई जनाको ज्यान जाने गरी घटना भएको बताएका छन् । बालकुमारीमा मन्त्रीको गाडी नगएको भए त्यो हदसम्मको घटना नहुने उनको भनाइ छ ।


















