Dhulikhel Eco Banner new

मुक्तिनाथ विकास बैंकले १८औं वर्षमा प्रवेश

6.05K
shares

काठमाडौं, २१ पुुस । मुक्तिनाथ विकास बैंकले १८औं वर्ष प्रवेश गरेको छ । १८ औँ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाएको छ।

बैंकले बृहत् रक्तदान, विभिन्न सामाजिक कार्य र संस्थामा १० वर्ष बढी समयसम्म कार्यरत १३५ कर्मचारीलाई सम्मान गरिएको बैंकले जनाएको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत डा. महावीर पुनद्वारा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्रलाई ग्रीन इनर्जी, वातावरण संरक्षण तथा प्लास्टिक रिसाइकलका लागि ५ लाख आर्थिक सहयोग, रक्तदान कार्यक्रममार्फत १६६ युनिट रगत संकलन भएको छ।

बैंकले वार्षिकोत्सव गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण, दृष्टिविहीन नागरिकलाई सेतो छडी वितरण, अनाथालय, बाल आश्रम तथा वृद्धाश्रममा विभिन्न सामग्री वितरण, फोहोरमैला व्यवस्थापनका लागि डस्टबिन वितरण, डिजिटल बैंकिङ साक्षरतालगायत कार्यक्रम सञ्चालन गरेको छ।