Dhulikhel Eco Banner new

नगदेवालीका लागि प्रोत्साहन गर्ने सरकारी नीति, उखु किसानलाई अनुदान दिन ८१ करोड

5.4K
shares

काठमाडौं, १५ जेठ । सरकारले आगामी वर्ष नगदेवालीका लागि प्रोत्साहन गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । उनले उखु किसानलाई अनुदान दिन ८१ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए ।

उनले कृषि क्षेत्रको रुपान्तरण गरी रोजगारी सिर्जना गर्ने, आयात निरुत्साहित गर्ने विषय बजेटको प्राथमिकतामा राखिएको बताए । गरिबी घटाउने, आत्मनिर्भर बनाउने यस्तो अभियान अघि बढाइने उनले बताए ।