एनआईसी एशिया बैंकका डेपुटी सीईओको राजीनामा अस्वीकृत
वि.सं.२०८० माघ २८ आइतवार १८:३४
4.71K
shares
shares

काठमाडौं, २८ माघ । एनआईसी एशिया बैंक लिमिटेडका डेपुटी सीईओ सुधिर पाण्डेले दिएको राजीनामा अस्वीकृत भएको छ । बैंकको सञ्चालक समितिले पाण्डेको जानीनामा अस्वीकृत गरेको हो ।
शनिबार बसेको सञ्चालक समितिको बैठकले डेपुटी सीईओ पाण्डेको राजीनामा अस्वीकृत गरिदिएको हो । उनको राजीनामा बैंकका सिइओ रोशन न्यौपानेले सञ्चालक समितिको बैठकमा पेश गरेका थिए ।
बैंकबारे विभिन्न टिकाटिप्पणी बाहिरिरहेका बेला उच्च व्यवस्थापनको राजीनामाले नकारात्मक सन्देश जाने भन्दै राजीनामा अस्वीकृत भएको जनाइएको छ ।



















