Dhulikhel Eco Banner new

हिमालयन रि इन्स्योरेन्सको आम्दानी ९३ र खुद नाफा १०० प्रतिशतले वृद्धि

4.26K
shares

काठमाडौं, २९ माघ । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको विवरण अनुसार आम्दानी करिब ९३ प्रतिशत र खुद नाफा करिब १०० प्रतिशत गरेको छ ।

कम्पनीले चालु आको दोस्रो त्रैमाससम्ममा २ अर्ब ४६ करोड ९६ लाख ३२ हजार जम्मा आम्दानी गरेको छ भने गत आवको सोही अवधिमा कम्पनीले १ अर्ब २८ करोड ६ लाख ६२ हजार आम्दानी गरेको छ । गत वर्षको तुलनामा ९२.८४ प्रतिशतले बढीले आम्दानी गरेको छ ।

आम्दानी बढेसँगै खुद नाफा ९९.७३ प्रतिशतले बढेको छ । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले ३० करोड १७ लाख रुपैयाँ नाफा कमाएको थियो भने चालु आवको सोही अवधिमा ६० करोड २७ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

कुल आर्जित बीमाशुल्क १५४.६५ प्रतिशतले बढेर १ अर्ब ९९ करोड ६० लाख ५१ हजार कायम भएको छ । कुल दाबी भुक्तानी ५०.९० प्रतिशतले बढेर ७३ करोड १५ लाख ४३ हजार पुगेको छ ।

पुस मसान्तसम्ममा कम्पनीको कुल खर्च ८९.३५ प्रतिशतले बढेर १ अर्ब ६० करोड ८६ लाख पुगेको छ । ६ महिनामा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ८२ पैसाले बढेर १२ रुपैयाँ ५ पैसा कायम भएको छ । ६ महिनामा कम्पनीको मूल्य आम्दानी अनुपात ४१.३१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ३० पैसा रहेको छ ।

गत वर्ष भन्दा कम्पनीको चुक्ता पुँजी ४२.८६ प्रतिशतले बढेर १० अर्ब पुगेको छ । कम्पनीको शेयर प्रिमियम ३ अर्ब १८ करोड रुपैयाँ, महाविपत्ती कोषमा ७ करोड ७० लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ६९ करोड २८ लाख रुपैयाँ र अन्य इक्विटीमा २ करोड ४१ लाख रुपैयाँ रहेको छ ।