Dhulikhel Eco Banner new

वाणिज्य बैंकले घटाए ब्याजदर, कुन बैंकको कति ? (सुचीसहित)

4.02K
shares

काठमाडौं, २९ माघ । २० वाणिज्य बैंकहरुमध्ये १६ बैंकहरुले ब्याजदर घटाएका छन् । हिमालयन, एभरेष्ट, लक्ष्मी सनराइज र माछापुच्छ्रे बैंकले भने माघ महिनाको ब्याजदर फागुनमा पनि निरन्तर कायम गरेका छन् ।

सबैभन्दा बढी ब्याजदर सिटिजन्स बैंकले घटाएको छ भने सबैभन्दा कम एनआईसी एशियाले घटाएको छ । सिटिजन्सले माघ महिनामा व्यक्तिगत मुद्दतिमा ९.१५ प्रतिशत ब्याज दिएको यस बैंकले फागुन महिनामा अधिकतममा ८.२५ प्रतिशत ब्याज दिने भएको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ०.९० प्रतिशतविन्दु घटाएको छ संथागतमा ०.४५ प्रतिशतले घटाएको छ ।

एनआईसी एशियाले माघ महिनामा व्यक्तिगत मुद्दतिमा ८.०६५ प्रतिशत ब्याज दिएको यस बैंकले फागुन महिनामा अधिकतममा ८ प्रतिशत ब्याज दिने भएको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ०.०६५ प्रतिशतविन्दु घटाएको छ संथागतमा ०.०६५ प्रतिशतले घटाएको छ ।

बैंकहरुको माघ महिनामा ८.१६ प्रतिशत रहेको व्यक्तिगत मुद्दती निक्षेपमा औषत ०.४० प्रतिशतले घटाएर ७.७५ प्रतिशतविन्दु काएम भएको छ । संस्थागत मुद्दति निक्षेपमा पनि बैंकहरुको औषत ब्याजदर ०.३७५३ प्रतिशतविन्दु घटेको छ ।

कुन बैंकको कति ब्याजदर ?

सि.नं. बैंकको नाम व्यक्तिगत माघ संस्थागत माघ व्यक्तिगत फागुन संस्थागत फागुन व्यक्तिगत वृद्धिदर संस्थागत वृद्धिदर
सिटिजन्स ९.१५ ६.६ ८.२५ ६.१५ –०.९ –०.४५
कृषि विकास बैंक ७.२६ ५.७३ ६.४४३ ४.४४३ –०.८१३ –१.३१७
नेपाल बैंक ७.२५ ५.२५ –०.७५ –०.७५
राष्ट्रिय वाणिज्य ८.०७ ६.०७ ७.३५ ५.२५ –०.७२ –०.७२
स्टान्डर चार्टर्ड ८.०७ ५.२५ ७.३५ ५.२५ –०.७२
प्रईम कर्मसियल ८.१ ६.१ ७.४ ५.४ –०.७ –०.७
सानिमा ८.१५ ६.१५ ७.५१ ५.५१ –०.६४ –०.६४
नेपाल इनभेष्टमेन्ट मेघा ८.६ ६.६ –०.६ –०.६
प्रभु ८.०६५ ६.०६५ ७.५ ५.५ –०.५६५ –०.५६५
१० एनएमबी ८.५ ६.५ –०.५ –०.५
११ ग्लोवल आइएमई ८.१ ६.१ ७.६ ५.६ –०.५ –०.५
१२ नबिल ८.१ ६.१ ७.७५ ५.७५ –०.३५ –०.३५
१३ नेपाल एसबिआई ८.२५ ६.१५ ८.१ ६.१ –०.१५ –०.१५
१४ कुमारी ८.११ ६.११ ८.०१ ६.०१ –०.१ –०.१
१५ सिद्धार्थ ८.१ ६.१ –०.१ –०.१
१६ एनआईसी एशिया ८.०६५ ६.०६५ –०.६५ –०.६५
१७ हिमालयन ८.१५ ६.१५ ८.१५ ६.१५
१८ एभरेष्ट
१९ लक्ष्मी सनराइज
२० मछापुच्छ«े
औसत ८.१६५ ६.१२३५ ७.७५७१५ ५.७४८१५ –०.४०८८५ –०.३७५३५