Dhulikhel Eco Banner new

‘छानविनको त्यो स्थितिमा पुगेरै बैंकर्स प्रकाउ गरेको उहाँहरु(सिआइबी)ले भन्नु भयो’

9.31K
shares

काठकाडौं, २० फागुन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेसहित ११ जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको सहकारीको अनुसन्धा गर्दा पक्राउ गरेको बताएका छन् । गभर्नर अधिकारीले आइतबार बसेको अर्थ समितिको बैठकमा बोल्दै यस्तो बताएका हुन् ।

‘अहिले प्रहरीले गरेको अनुसन्धान के रहेछ भने, उहाँहरु(सिआइबी)ले सहकारीको अनुसन्धान गरिरहु भएको रहेछ’, अधिकारीले भने, ‘सहकारीको अनुसन्धान गरिरहदाँ त्यसको लहरो तान्दै तान्दै अहिले भईरहेका र काम गरिरहेका बैंकर्स साथिहरु सम्म पुग्नु भएको हरेछ, उहाँहरु(सिआइबी)ले यो फ्रडको छानविन गर्दा याहाँ सम्म पुगेका हौँ भन्ने कुरा उहाँ(सिआइबी)ले गर्नु भयो ।’

त्यसरी पक्राउ गर्दा अलिकति नकारात्म प्रभाव परेको महसुस गरेको अधिकारीको भनाई छ । आफुले प्रहरीसँग अलिक छानविन गरेर पक्राउ गरेको भए हुन्थ्यो भनेर आग्रह गरेको र प्रहरीले पर्याप्त छानविन गरेर नै बैंकर्सलाई पक्राउ गरेको अधिकारीको भनाई छ ।

‘यो ट्रेन राम्रो भएन, यसलाई छानविन गरेर त्यो लेभलमा पुगेर पक्राउ गरिदिदा राम्रो हुन्छ त्यतिकै समातिएको हो कि भन्ने देखिन्छ’, अधिकारीले सिआईबीलाई आग्रह गरेको कुरा भन्दै भने, ‘उहाँ(सिआइबी)हरुको कुरा हामीले पर्याप्त छानविन गरेर त्यो लेभलमा पुगेरनै बैंकर्स पक्राउ गरेको हो भन्ने कुरा आयो ।’

राष्ट्र बैंकले बैंकका साथिहरुसँग पनि बसेको र त्यसबाट आतंकित नहुन आग्रह गरेको उनले बताए । डेपुटी सिइओ सहितका ११ जना पक्राउ परेकाले राम्रो काम गरेका भए छुट्ने अधिकारीको भनाई छ । त्यसमा सिआइबीले पनि राष्ट्र बैंकको टेक्निकल सहयोग लिने र त्यसमा राष्ट्र बैंकले सहयो गर्ने उनले बताए ।

‘छानविन, अनुसन्धानलाई सबैले सहयो गर्नै पर्छ’, अधिकारीले भने, ‘कोही कसैले गल्ती नै गर्नु भएको छ भने त्यासको सजाएको भागेदार त हुनु पर्छ ।’ बाहिर काम गरिरहेका व्यक्तिले यसबाट आत्तिने काम गर्न नहुने अधिकारीको भनाई छ । राष्ट्र बैंकले दैनिक कामबाट हच्कीन नहुने खालको निर्देशन दिएको अधिकारीले बताए ।

बैंक मध्यस्त कर्ता भएकाले त्यो हिनामिना गरेको भए कारबाहिको दायरामा ल्याउनुपर्ने अधिकारीको भनाई छ । राष्ट्र बैंकले अनुसन्धालाई सहयोग गर्ने तर, गल्ती गरेको भए स्वयम कर्मचारीले कारबाहि भोग्नु पर्ने अधिकारीको भनाई छ ।

Follow Up

प्रभु बैंकका डेपुटी सीईओ पक्राउ

प्रभु बैंकका डेपुटी सीईओ पक्राउ

किन समातिए प्रभु बैंकका डिसिईओ ? यस्तो छ इतिवृतान्त

किन समातिए प्रभु बैंकका डिसिईओ ? यस्तो छ इतिवृतान्त

सेञ्चुरी बैंकको बदमासीले व्यवसायी सडकमा

सेञ्चुरी बैंकको बदमासीले व्यवसायी सडकमा

प्रभु बैंकका डिसिईओ पक्राउको विषयमा बैंकर्स संघको बैठक : धरपकड नरोकिए बैंकिङ काम नै ठप्प पार्नेसम्मको निर्णय

प्रभु बैंकका डिसिईओ पक्राउको विषयमा बैंकर्स संघको बैठक : धरपकड नरोकिए बैंकिङ काम नै ठप्प पार्नेसम्मको निर्णय

४ संघले भने ‘बैंकिङ्ग क्षेत्रमा धरपकड आतंकित र निन्दनिय’

४ संघले भने ‘बैंकिङ्ग क्षेत्रमा धरपकड आतंकित र निन्दनिय’

चित्त दुखाएका बैंकर्सलाई गभर्नरले भने– ‘अनुसन्धानमा सहयोग गरौँ’

चित्त दुखाएका बैंकर्सलाई गभर्नरले भने– ‘अनुसन्धानमा सहयोग गरौँ’

सिआइबीले पक्राउ गरेको बैंकर्सलाई तत्काल नछाड्ने गृहमन्त्री श्रेष्ठको संकेत

सिआइबीले पक्राउ गरेको बैंकर्सलाई तत्काल नछाड्ने गृहमन्त्री श्रेष्ठको संकेत