Dhulikhel Eco Banner new

एक हप्तामा ६ अर्ब निपेक्ष आउँदा ४ अर्ब ऋण प्रवाह

6.64K
shares

काठमाडौं, १७ जेठ । २७ वटा वाणिज्य बैंकहरुमा एक हप्ताको अवधिमा ६ अर्ब रुपैयाँ निक्षेप आउँदा ४ अर्बको ऋण प्रवाह भएको छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार जेठ महिनाको पहिलो हप्तामा सो बराबरको निक्षेप बचत र ऋण प्रवाह भएको हो ।

सघको तथ्यांक अनुसार जेठ ६ गतेसम्म ४३ खर्व ७७ अर्ब निक्षप जम्मा भएको थियो भने जेठ १३ गतेसम्म ६ अर्बले बढेर ४३ खर्ब ८३ अर्ब पुगेको छ । यस्तो निक्षेप बैशाखको अन्तिम साता ४३ खर्ब ७० अर्ब रहेको थियो ।

यो अवधिमा विभिन्न बैंकहरुले ऋण प्रवाह पनि ४ अर्बले बढेको छ । जेठको पहिलो हप्ता जेठ ६ गतेसम्म ४१ खर्ब ९४ अर्ब ऋण प्रवाह गरेका बैंकहरुले जेठ १३ गते ४१ खर्ब ९८ अर्ब ऋण प्रवाह गरेका छन् । वैशाख अन्तिम हप्तासम्म बैंकहरुको ऋण प्रवाह ४१ खर्ब ९१ अर्ब रहेको थियो ।