Dhulikhel Eco Banner new

वातावरण दिवसको अवसरमा तेस्रो सांग्रिला साइकल र्याली सम्पन्न

3.99K
shares

विश्व वातावरण दिवसका अवसरमा शनिबार सांग्रिला डेभलपमेन्ट बैंकले “इन्धन बचाऔं, वातावरण जोगाऔं,” भन्ने नाराका साथ डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, बिवाइडी, एफवानसफ्ट र फोन पे तथा अन्य ३५ भन्दा वढी संघ संस्थाहरुसँगको सहकार्यमा साइकल र्याली सम्पन्न गरेको छ ।

बैंकका संचालक लिसा शेरचनबाट साइकल र्यालीमा सहभागीहरुलाई वातावरण संरक्षणका सन्दर्भमा सर्वसाधरणको दायित्व विषयमा संवोधन गरिए पश्चात साइकल र्यालीको शुरुवात गरिएको थियो ।

बिहान ७ः४५ बजे देखी सानोगौचरन मैदानबाट सुरु हुँदै नागपोखरी, नारायणहिटि, दरबार मार्ग, भद्रकाली मन्दिर, सहिद गेट, त्रिपुरेश्वर रङ्गशाला, थापाथली, माइतीघर, बिजुली बजार पुल कोरिडोर बाटो हुँदै सेतोेपुल, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जर्मन एम्बेसीबाट, सानोगौचरन मैदानमा पुगेर करिब १० कि. मि. को दुरीको यात्रा सम्पन्न भएको थियो ।

उक्त साइकल ¥यालीमा बैंकका संचालक, कर्मचारी, ग्राहकवर्ग, शेयरधनी, प्रवद्र्वक, प्रायोजक एवं यस बैंकप्रति सद्भाव राख्ने सम्पूर्ण शुभेच्छुक महानुभावहरु बाक्लो उपस्थिती रहेको थियो । वि.सं २०७९ सालमा १५० जना सहभागीहरुबाट शुरु भएको साइकल ¥याली यस तेस्रो संस्करण साइकल ¥यालीसम्म आइपुग्दा १५०० जना भन्दा वढीको सहभागिताका साथ सम्पन्न भएको छ ।

यस साइकल र्यालीमा सांग्रिला डेभलपमेन्ट बैंकले वातावरण संरक्षण प्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै इन्धनको मितव्ययिता एवं साइकल जस्तो बैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदुषण नियन्त्रण तथा वातावरण संरक्षणमा टेवा पु¥याउनको निम्ति समाजमा चेतना फैलाउन योगदान पुग्ने विश्वास राखेको छ ।

सो साइकल र्यालीमा सहभागी भएका सम्पूर्ण सहभागीहरुलाई टिसर्ट प्रदान गरिनुका साथै विभिन्न संस्थाहरुका तर्फबाट उपलब्ध गराइएको उपहारहरु गोलाप्रथा मार्फत उपलब्ध गराउनुका साथै साइकल र्यालीमा सहभागी हुनुभएका एक जना भाग्यसाली सहभागी भक्तपुर निवासी रविन रचालिका लाई लक्की ड्रबाट उपहार स्वरुप एउटा साइकल समेत प्रदान गरिएको थियो ।

साइलक ¥यालिकै दिन पारेर बैंकले ग्रिन सेभिङ्ग सम्वन्धि प्रोडक्ट समेत लन्च गरेकोछ । यस किसिमको प्रोडक्टमा जति खाता खोलिन्छ सोही संख्यामा बैंकले वृक्षारोपण गर्ने विशेषता उक्त प्रोडक्ट पेपरको रहेको व्यहोरा समेत जानकारी गराइन्छ ।

उक्त साइकल र्यालीमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले “इन्धन बचाऔं, वातावरण जोगाऔं,” भन्ने नाराका साथ वातावरण दिवसको अवसरमा गरिएको यस साइकल ¥यालीमा भएको सहभागीहरुको उत्साहपूर्वक सहभागीताका लागि धन्यवाद ज्ञापन गर्दैै साइकल र्याली समापन गरिएको थियो ।