शेयर बजारमा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८१ भदौ १७ सोमवार १५:४४
3.55K
shares
shares

काठमाडौं, १७ भदौ । निरन्तर घटेको शेयर बजार सोमबार उच्च अंकले बढेको छ । यसदिन १२७.३२ अंकले बढ्दा कारोबार रकम पनि बढेर १३ अर्ब १० करोड बढिको कारोबार भएको हो ।
यसदिन सर्वाधिक कारोबार गुडविल फाइनान्सको भएको छ। उक्त कम्पनीको ४६ करोड ५२ लाख कारोबार भएको छ भने अपी पावरको ४१ करोड ८८ लाख रुपैयाँ कारोबार भएको छ ।
हिमालयन रिइन्स्योरेन्सको ३३ करोड १३ लाखको कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोपावर २४ करोड ३२ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरी नेपाल फाइनान्स २३ करोड ८८ लाख रुपैयाँ कारोबार भएको देखिन्छ ।


















