फिक्स डिपोजिट के हो ?
वि.सं.२०८१ कात्तिक १४ बुधवार ०६:००
shares

काठमाडौं,१४ कात्तिक । बैंक तथा वित्तीय संस्थाहरुले सर्वसाधारणहरुद्धारा बचत गरिएको रकम विभिन्न क्षेत्रमा परिचालन गर्ने गर्दछन् । सर्वसाधारणले बैंकमा जम्मा गरेको रकम निक्षेप हो । निक्षेप चार किसिमका हुन्छन्, सेभिङ डिपोजिट, रिकरिङ डिपोजिट, करेन्ट डिपोजिट र फिक्स डिपोजिट । केटिएम भ्वाइसको वित्तीय साक्षरता अन्तर्गत आज हाम िफिक्स डिपोजिटको बारेका चर्चा गर्नेछौँ ।
फिक्स डिपोजिट के हो ?
फिक्स डिपोजिट अर्थात मुद्दति निक्षेप निश्चित अवधिका लागि बैंकमा जम्मा गरिने रकम हो । यसरी संकलन गरिएको रकम बैंकहरुले लगानीका क्षेत्रमा प्रयोग गर्छन् । बचतको समयावधि सक्किएपछि बचत गरिएको रकम तोकिएको व्याजसहित फिर्ता गर्नु पर्ने हुन्छ ।
मुद्दति निक्षेपमा अरु निक्षेपको तुलनामा बढी ब्याज प्राप्त हुन्छ । बैंकहरुले निश्चित समयावधि तोकेर मुद्दति निक्षेपका विभिन्न योजनाहरु समेत ल्याएका हुन्छन् । संस्थामा लगानीयोग्य पुँजी कम भएको अवस्थामा निक्षेपलाई आकर्षित गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाले यस्ता योजना ल्याउने गर्दछन् । फिक्स डिपोजिट गरिएको रकम निर्धारीत अवधि नसकिँदासम्म चलाउन पाइँदैन ।
किन गर्ने फिक्स डिपोजिट ?
तपाईँसँग ठूलै रकम छ, तर कतै लगानी गर्ने उपयुक्त ठाउँ भेट्नुभएको छैन भने बैंकमा फिक्स डिपोजिट गर्नु राम्रो हुन्छ । अरु खाताको तुलनामा बढी ब्याज पाइने भएकाले केही नगरी रकम बढीरहेको हुन्छ ।
बैंकहरुले तीन महिना, चार महिना, छ महिना, नौ महिना, एक वर्ष जस्ता विभिन्न समयावधिका मुद्दति खाता संचालन गरिरहेका हुन्छन् । यदि, तीन महिनासम्म कतै लगानी गर्ने ठाउँ छैन भने तीन महिने मुद्दति खाता खोल्नु उपयुक्त हुन्छ । यसो गर्दा, तीन महिनासम्म उक्त रकम सुरक्षित बस्ने मात्र नभएर साथमा ब्याज समेत प्राप्त हुन्छ ।
साधारण, बचत वा चल्ती खातामा जम्मा गरिएको रकम ग्राहकले कारोबार गरिरहने भएकाले उक्त रकम बैंकहरुले लगानी गर्न मिल्दैन । यद्यपि, फिक्स डिपोजिटमा निश्चित अवधिका लागि रकम राखिने भएकाले उक्त अवधिसम्मका लागि बैंकहरुले लगानी गर्दछन् ।
वित्तीय साक्षरता १ : बैंक के हो ? बैंङ्कमा कारोबार गर्दाका फाइदा के–के छन् ?
वित्तीय साक्षरता २ : पारिवारिक बजेट के हो ? किन आवश्यक छ पारिवारिक बजेट ?
वित्तीय साक्षरता ३ : क्युआर कोर्ड प्रयोगका फाइदाहरु के के छन् ?
वित्तीय साक्षरता ४ : राष्ट्र बैंकको सफा नोट नीति : यसरी गर्नुस् नोटको सुरक्षा
वित्तीय साक्षरता ५ : कर्जा सूचना केन्द्र भनेको के हो ?
वित्तीय साक्षरता ६ : लगानी के हो ? लगानीको लक्ष्य बनाउँदा के के कुरामा ध्यान दिनु पर्छ ?
वित्तीय साक्षरता ७ : के हो लघु व्यवसाय ? जान्नुहोस् यसका विशेषता
वित्तीय साक्षरता ८ : विप्रेषण भनेको के हो ? जान्नुहोस् विप्रेषण पठाउँदा र उपयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू ?
वित्तीय साक्षरता ९ : विदेशी विनिमय के हो ? जान्नुहोस् विदेशी मुद्रा सञ्चितका फाइदाहरु
वित्तीय साक्षरता १० : के हो अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली ? कसरी हुन्छ कारोबार ?
वित्तीय साक्षरता ११ : बजेट भनेको के हो ? कसरी तयार गरिन्छ ?
वित्तीय साक्षरता १२ : के हो ‘ट्रेजरी’ बिल ? कसरी जारी गरिन्छ ?
वित्तीय साक्षरता १३ : लघुवित्त के हो ? यसको महत्व के छ ?
वित्तीय साक्षरता १४ : के हो शाखारहित बैँकिङ ?
वित्तीय साक्षरता १५ : ऋणपत्र के हो ? ऋणपत्रमा लगानी गर्दा के के फाइदा हुन्छ ?
वित्तीय साक्षरता १६ : लकर सुविधा के हो ? कसरी लिने सेवा ?
वित्तीय साक्षरता १७ : मौद्रिक नीति के हो ? अर्थव्यवस्थामा यसले कसरी असर पार्छ ?
वित्तीय साक्षरता १८ : सिआरआर के हो ?
वित्तीय साक्षरता १९ : कर्जा सूचना केन्द्र के हो ? यसले के काम गर्छ ?


















