Dhulikhel Eco Banner new

तोलामा ८ सयले बढ्यो सुनको मूल्य

2.39K
shares

काठमाडौं, १६ असोज । स्थानीय बजारमा बुधबार पहेलो धातुको मूल्य उच्च अंकले बढेको छ । सुनको मूल्य प्रतितोला ८ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तोलामा १ लाख ६० हजारमा कारोबार भएको सुनको मूल्य बुधबार ८ सयले बढेर १ लाख ६० हजार ८ सय रुपैयाँमा कायम भएको हो ।

त्यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९२५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर १ हजार ९३५ रुपैयाँ कायम भएको छ ।