Dhulikhel Eco Banner new

राष्ट्रिय वाणिज्य बैंक र एमएडब्लु वृद्धि मोर्टस बीच सम्झौता

2.52K
shares

काठमाडौं, १६ असोज । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र एमएडब्लु वृद्धि मोर्टस प्राइभेट लिमीटेड बीच विद्युतीय इभि गाडीमा कर्जा लगानी गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौता अनुसार वार्षिक ७.७७ प्रतिशत स्थीर ब्याजदरमा निजी सवारी(रातो प्लेट) को एनएएमएमआई र एसइआरइएस विद्युतीय इभि गाडीका लागि मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने गरी बैंकले अधिकतम एक करोड रुपैंयासम्म कर्जा लगानी गर्ने भएको हो ।

कर्जा रकमको ०.७५ प्रतिशत सेवा शुल्क लाग्ने जनाएको छ । कम्पनीका अनुसार गाडीको कोटेशनमा अंकित मुल्यको विद्युतीय गाडी इभि को बढिमा ८० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने छ भने बढिमा सात वर्ष सम्म कर्जा अवधि दिइने यो सम्झौता २०८१ कात्तिक मसान्तसम्म मात्र लागू हुने छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१२ वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।