Dhulikhel Eco Banner new

माघेसङ्क्रान्तिका लागि टोखामा चाकु बनाउन भ्याइनभ्याइ (फोटोफिचर)

2.65K
shares

काठमाडौं, २८ पुस । माघेसङ्क्रान्ति नजिकिएसँगै यतिबेला टोखा परम्परागत चाकु संरक्षण  समाजका अध्यक्ष कृष्ण श्रेष्ठलाई चाकु र तिलका लड्डुको माग पुर्‍याउन भ्याइनभ्याइ छ ।

यतिबेला उनको कारखानाका ३० जना कामदारहरु पनि निकै व्यस्त देखिन्छन् । माघे सङ्क्रान्ति पर्व आउन २ दिन मात्र बाँकी रहँदा यहाँका उद्यमीलाई चाकु बनाउन हम्मेहम्मे परेको हो।

आफूले चार पुस्तादेखि निरन्तर चाकु बनाउँदै आएको कृष्ण श्रेष्ठको भनाइ छ । चाकु उनको पुर्खौली पेशा पनि हो । त्यसलाई निरन्तरता दिन पाएकोमा उनी खुसी भएको बताँउछन् ।