प्रतितोला १ हजार ६ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८१ पुस २८ आइतवार ११:०१
2.51K
shares
shares

काठमाडौं, २८ पुस । स्थानीय बजारमा आइतबार पहेलो धातुको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार ६ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार तोलामा १ लाख ५४ हजार १ सयमा कारोबार भएको सुनको मूल्य आइतबार १ हजार ६ सयले बढेर तोलामा १ लाख ५५ हजार ७ सयमा कायम भएको हो ।
त्यस्तै, आइतबार चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । शुक्रबार तोलामा १ हजार ८४५ मा कारोबार भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा १ हजार ८६० रुपैयाँमा कायम भएको छ ।


















