Dhulikhel Eco Banner new

सार्वजनिक स्थानमा फोहोर नफाल्न महानगरको आग्रह, १५ हजारसम्म जरिवाना हुने

2K
shares

काठमाडौं, १५ माघ । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोरमैला नफाल्न सूचना जारी गरेको छ ।

सार्वजनिक स्थानमा फोहोर फाल्न निषेध गरिएको बारे सूचना निकाल्दै महानगरले घर, कम्पाउण्ड तथा परिसरको फोहोरमैला सडक, फुटपाथ तथा अन्य सार्वजनिक स्थानमा फाल्ने, राख्ने वा थुपार्ने जस्ता कार्य नगर्न अपिल गरीएको हो ।

फोहोर फाल्न प्रतिबन्ध लगाउँदै यस्ता कार्यहरू कहीँकतै कसैले गरेमा १५ हजार रुपियाँसम्म जरिवाना हुने सूचनामा उल्लेख छ ।