Dhulikhel Eco Banner new

आज गभर्नर नियुक्त नभए गठबन्धनमा खतरा !

2.18K
shares

काठमाडौं, ५ जेठ । नेपाल सरकारले लामो समयसम्म नियुक्त गर्न नसकेको नेपाल राष्ट्र बैंकको गभर्नरको नियुक्ति सम्भवतः आज सोमबार हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह ५ बजेका लागि मन्त्रिपरिषद बैठक समेत आह्वान गरेका छन् ।

अपरान्ह बस्ने बैठकले राष्ट्र बैंकको गभर्नरमा अर्थविद् डा. विश्वनाथ पौडेललाई नियुक्त गर्ने सम्भावना रहेको छ । सोमबारको बैठकमा गभर्नर नियुक्त नभए कांग्रेसले एमालेप्रतिको भरोसामा भने शंकाको सुविधा पाउनेछ । सरकारमा रहेका एक मन्त्रीले सोमबार नै गभर्नर नियुक्त हुने झिनो सम्भावना रहेको बताए । तर ढुक्कसँग हुन्छ भन्ने अवस्था भने नरहेको उनले बताए ।

ती मन्त्रीको बुझाइमा सोमबरा गभर्नर नियुक्ति नभए कांग्रेस–एमाले गठबन्धनमा सामान्य परकम्पन जानेछ । तर त्यो परकम्पनले सरकार ढाल्ने भूकम्प ल्याउनका लागि भूमिका खेल्नेछ । ‘म आफै यहीँ सरकारमा बसेर आजै वा भोलि नै ढल्छ भनन त सक्दिन तर गभर्नर नियुक्ति प्रकरणले परकम्पन भने ल्याउनेछ’ ती मन्त्रीले केटिएम भ्वाइससँग भने ।