शेयर बजारमा ९ अर्ब ८२ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ जेठ ८ बिहीवार १५:५६
1.81K
shares
shares

काठमाडौं, ८ जेठ । शेयर बजारमा ९ अर्ब ८२ करोडको कारोबार हुँदा ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ६९ करोड १ लाख कारोबार भएको हो ।
यसदिन राधी विद्युतको ६० करोड ७१ लाख कारोबार भएको छ भने कुमारी बैंकको ४२ करोड ६३ लाख कारोबार भएको छ ।
युनिभर्सल पावरको ४० करोड ८२ लाख कारोबार भएको छ भने माउन्टेन इनर्जीको ३४ करोड १८ लाख कारोबार भएको छ ।


















