Dhulikhel Eco Banner new

राष्ट्र बैंकले ३४ उपनिर्देशक नियुक्ति गर्दै, ६४ जना प्रतिस्पर्धामा

1.57K
shares

काठमाडौं, १३ जेठ । नेपाल राष्ट्र बैंकले ३४ जना उपनिर्देशकको पदपूर्ति गर्ने भएको छ। उक्त पदपूर्तिका लागि लिइएको खुला प्रतिस्पर्धात्मक लिखित परीक्षाबाट ६४ जना उम्मेदवार अन्तर्वार्ताका लागि छनोट भएका छन्।

राष्ट्र बैंकले अधिकृत तृतीय श्रेणीअन्तर्गत प्रशासन सेवामा रिक्त रहेका पदहरू प्रतिस्पर्धाबाट भरिने जनाएको छ। यस उद्देश्यका लागि पुस १८, १९ र २० गते लिखित परीक्षा सञ्चालन गरिएको थियो।

लिखित परीक्षा सफल उम्मेदवारलाई अन्तर्वार्ताका लागि जेठ २४ र २५ गते बोलाइएको छ। अन्तर्वार्ता सम्पन्न भएपछि ३४ जनालाई उपनिर्देशक पदमा नियुक्त गरिनेछ।

राष्ट्र बैंकले योग्य, दक्ष र प्रतिस्पर्धी जनशक्ति भित्र्याउने लक्ष्यका साथ पारदर्शी रुपमा नियुक्ति प्रक्रिया अघि बढाएको जनाएको छ।