रिलायबल नेपाल लाइफद्वारा घातक रोग बापत २० लाखको दाबी भुक्तानी
वि.सं.२०८२ जेठ १६ शुक्रवार १२:४०
shares

काठमाडौं, १६ जेठ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग सुविधाअन्तर्गत चितवनका एक बीमितलाई २० लाख रुपैयाँ बीमा दाबी रकम भुक्तानी गरेको छ।
भरतपुर–३ निवासी महेश बानीयाले कम्पनीको हाकिमचोक शाखाबाट २०७७ सालमा १५ वर्षे अवधिको जीवन बीमा खरिद गरेका थिए। बानीयाले तीन किस्ता मात्र बीमा शुल्क तिरेको अवस्थामा २०८० साल वैशाख २ गते पुरानो मेडिकल कलेज भरतपुरमा सामान्य स्वास्थ्य परीक्षण गराउँदा कलेजोसँग सम्बन्धित समस्या देखिएको थियो।
थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएपछि २०८१ साल पौष १५ गते उनको कलेजो प्रत्यारोपण गरिएको थियो।
नेपालमा अत्यधिक महँगो मानिने कलेजो प्रत्यारोपणका लागि करिब ४० लाख रुपैयाँ खर्च लाग्ने भएपनि बानीयाले बीमा कम्पनीलाई समयमै जानकारी गराउँदै सम्पूर्ण कागजात पेश गरेपछि रिलायबल नेपाल लाइफले छोटो समयमै प्रक्रिया पूरा गरी २० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो।
कार्यक्रममा बोल्दै बीमीत महेश बानीयांले यस दुःखद समयमा बीमा कम्पनीले आफुलाई दिएको साथ र सहयोगको प्रशंसा गर्दै बजारमा रहेका बीमा दाबी भुक्तानी तथा प्रकृया सम्बन्धी सम्पुर्०ा हल्लाहरु निराधार साबित भएको समेत बताए ।
उक्त कार्यक्रममा उपस्थित वक्ताहरूले बीमाको महत्व, भविष्यको अनिश्चित जोखिम, बचत, बोनस सुविधा र नेपालमा बीमा संस्कृतिको विकास आवश्यकतामा जोड दिए। कार्यक्रममा हाकिमचोक शाखाका वरिष्ठ एजेन्सी म्यानेजर मनोज चौलागाईं, बिष्णुकुमारी कुँवर, समिता दराई, तारा कुमाल, जानकी शाह श्रेष्ठलगायत एजेन्सी प्रतिनिधिहरूको पनि उपस्थिति थियो।


















