Dhulikhel Eco Banner new

महालक्ष्मी विकास बैंकमा रोजगारीको अवसर

2.43K
shares

काठमाडौं, १६ जेठ । महालक्ष्मी विकास बैंकले कर्मचारी मागेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै सातै प्रदेशको लागि केही संख्यामा जुनियर एसिस्टेन्ट पदमा कर्मचारी माग गरेको हो।

इच्छुकले व्यवस्थापन विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनु पर्नेछ। कुनैपनि संस्थामा काम गरेको अनुभव भएको वा कुनै पनि बिएफआईमा इन्टर्नशिप पूरा गरेको वा बैंकिङ सम्बन्धी तालिम प्राप्त गरेको उम्मेदवारलाई प्राथमिकता दिने जनाएको छ ।

इच्छुक वा योग्यता पुगेको ब्यक्तिले आवश्यक कागजात संकलन गरी जेठ २८ गतेसम्म आवेदन दिन सक्नेछन्।