प्रतितोला ५ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ जेठ २१ बुधवार ११:२५
2.07K
shares
shares

काठमाडौं, २१ जेठ । स्थानीय बजारमा बुधवार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ५ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
मंगलवार तोलामा १ लाख ९२ हजार ७ सयमा कारोबार भएको सुनको मूल्य बुधवार ५ सयले बढेर प्रतितोला १ लाख ९३ हजार २ सयमा कायम भएको हो ।
त्यस्तै, बुधवार चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेको छ । मंगलवार तोलामा २ हजार ४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधवार बढेर प्रतितोला २ हजार ४५ रुपैयाँमा कायम भएको छ ।


















