Dhulikhel Eco Banner new

प्रतितोला ९ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

2.25K
shares

काठमाडौं, ४ असार । स्थानीय बजारमा बुधवार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ९ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

मंगलवार प्रतितोला १ लाख ९५ हजारमा कारोबार भएको सुनको मूल्य बुधवार ९ सयले बढेर तोलामा १ लाख ९५ हजार ९ सयमा कायम भएको हो ।

त्यस्तै, बुधवार चाँदीको मूल्य पनि ६५ रुपैयाँले बढेको छ । मंगलवार तोलामा २ हजार १६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधवार बढेर २ हजार २२५ मा कायम भएको छ ।