Dhulikhel Eco Banner new

नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्न शिलबन्दी प्रस्ताव आह्वान

2.2K
shares

काठमाडौं, ४ असार । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्नो लगानी नीति अनुसार मुद्दती निक्षेपमा लगानी गर्ने निर्णय गरेको छ। यस सन्दर्भमा कम्पनीले बुधवार एक सार्वजनिक सूचना प्रकाशित गर्दै इच्छुक बैंक तथा वित्तीय संस्थाहरूलाई शिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरेको हो।

कम्पनीले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख तथा ग वर्गका राष्ट्रिय स्तरका बैंक तथा वित्तीय संस्था र नेपाल पूर्वाधार बैंकलाई लक्षित गर्दै शिलबन्दी प्रस्ताव माग गरेको हो। इच्छुक संस्थाहरूले कम्पनीको आधिकारिक वेबसाइटबाट आवश्यक विवरणहरू संकलन गरी पाँच दिनभित्र शिलबन्दी प्रस्ताव पेश गर्न सक्नेछन्।

शिलबन्दी प्रस्ताव पेश गर्दा सम्बन्धित संस्थाले कम्पनीले तोकेको मापदण्ड, व्याजदर, निक्षेप अवधि र अन्य सर्तहरू पूरा गरेको प्रमाणित गर्नुपर्नेछ। कम्पनीले प्रस्तुत भएका प्रस्तावहरू मूल्यांकन गरी सबैभन्दा उपयुक्त प्रस्ताव चयन गर्ने जनाएको छ।