बन्दीपुर केबलकारले आईपीओ जारी गर्न बोर्डबाट पायो अनुमति
वि.सं.२०८२ असार १९ बिहीवार १७:२१
shares

काठमाडौं, १९ असार । बन्दीपुर केबलकार एन्ड टुरिजमले आइपीओ जारी गर्ने अनुमति पाएको छ। बन्दीपुर केबलकारले सर्वसाधारणका लागि प्राथमिक सेयर(आईपीओ)निष्कासन गर्ने अनुमति पाएको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आज असार १९ गते उक्त कम्पनीलाई ५८ करोड ६० लाख बराबरको आइपीओ निष्कासन गर्न अनुमति दिएको छ। सेबोनको स्वीकृति अनुसार, कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ५८ लाख ६० हजार कित्ता साधारण शेयर सार्वजनिक गर्न लागेको हो।
यो कम्पनीको हालको जारी पुँजीको करिब २०।७१ प्रतिशत बराबर हो। बाँकी ७९।२९ प्रतिशत, अर्थात् २ अर्ब २४ करोड ४० लाख रुपैयाँ बराबरको शेयर, हाल संस्थापक समूहको स्वामित्वमा रहेको छ।
आइपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ८३ करोड रुपैयाँ पुग्नेछ। कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।


















