Dhulikhel Eco Banner new

अण्डाको मूल्य फेरि बढ्यो, १० दिनमै दोस्रोपटक वृद्धि

1.26K
shares

काठमाडौं, १९ असार । १० दिनको अन्तरालमै अण्डाको मूल्य दोस्रोपटक बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघले असार १० मा मूल्य समायोजन गरेपछि पुनः बिहीवार अण्डाको भाउ बढाएको हो। संघले शुक्रबार ९असार २१० देखि लागू हुने गरी प्रति क्रेट १५ रुपैयाँले मूल्य वृद्धि गरेको छ।

संघका अनुसार, ठूलो अण्डाको होलसेल मूल्य अब ४९५ रुपैयाँ प्रति क्रेट तोकिएको छ भने मिडियम अण्डाको मूल्य ४६५ रुपैयाँ निर्धारण गरिएको छ।

संघले मूल्य वृद्धि गर्नुको कारण उत्पादनमा आएको गिरावटलाई औंल्याएको छ। संघका प्रवक्ताले बताएअनुसार बजारमा माग उच्च भए पनि दैनिक उत्पादन २५ लाख गोटा भन्दा थोरै रहँदा मूल्य समायोजन गर्नु परेको हो।