उच्च अंकले बढ्यो शेयर बजार, २९०० माथि उक्लियो परिसूचक
वि.सं.२०८२ साउन ५ सोमवार १५:०८
1.53K
shares
shares

काठमाडौं, ५ साउन । सोमवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ३१.७८ अंकले घटेर २,९०२ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने ९६ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन १६अर्ब ३२ करोडको कारोबार भएको हो ।
उच्च अंकले बढेको शेयर बजारमा थिस्टारहाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ ।
त्यस्तै, ग्रिा विकास बैंक र सप्तकोशी विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् ।



















