हरियाली छाएको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ साउन ५ सोमवार १५:२८
shares

काठमाडौं, ५ साउन । सोमवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ३१.७८ अंकले घटेर २,९०२ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने ९६ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन १६अर्ब ३२ करोडको कारोबार भएको हो ।
उच्च अंकले बढेको शेयर बजारमा थिस्टारहाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ ।
यसदिन टेड टावर र सान्भी इनर्जीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् भने उन्नती सहकार्यका लगानीकर्ताले ९.४० प्रतिशतका दरले कमाएका छन् । त्यसैगरी फष्ट माइक्रो फाइनान्सका लगानीकर्ताले ८.९९ प्रतिशतका दरले कमाएका छन् ।



















