Dhulikhel Eco Banner new

यूनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

2.64K
shares

काठमाडौं, १३ साउन । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी सृजना जोशीको नाममा रहेको १९ हजार ८८२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

कम्पनीले यी शेयर प्रतिकित्ता न्यूनतम २१५ रुपैयाँको दरले दिने गरी बिक्रीमा राखेको हो। कम्पनीले हाल यी शेयर नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो।

इच्छुक संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको सुन्धारामा रहेको सीटीसी मलस्थित कम्पनीको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ।

तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट निवेदन प्राप्त नभएमा बाँकी रहेको शेयर सर्वसाधारणमा बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।