Dhulikhel Eco Banner new

धितोपत्र बोर्डले मुद्दती निक्षेपमा लगानी गर्ने

1.61K
shares

काठमाडौं, ३ असोज । नेपाल धितोपत्र बोर्डले आफ्नो अक्षय कोष र लगानी योग्य रकमलाई मुद्दती खातामा लगानी गर्ने भएको छ। बोर्डको व्यवस्थापन तथा कानून विभागले एक सूचना जारी गर्दै वाणिज्य बैंकहरुलाई ब्याजदर प्रस्ताव सहित प्रस्ताव पेश गर्न आह्वान गरेको हो।

नेपाल धितोपत्र बोर्डको लगानी सम्बन्धी नीति २०६७ बमोजिम बोर्डले मुद्दती खातामा रकम लगानी गर्ने व्यवस्था रहेको छ। सोही अनुसार वाणिज्य बैंकहरुलाई आफूले प्रस्ताव गर्न सक्ने एक वर्षे ब्याजदर सहितको सिलबन्दी प्रस्ताव पेश गर्न अनुरोध गरिएको हो।

बैंकहरुले असोज ९ गते कार्यालय समयभन्दा एक घण्टा अगाडि भित्र आवश्यक कागजातसहित प्रस्ताव पेश गर्नुपर्नेछ। सिलबन्दी प्रस्ताव पेश गर्दा बैंकको योग्यता खुल्ने कागजातहरू समेत संलग्न गर्नुपर्नेछ।

लगानीसम्बन्धी अन्तिम निर्णय बोर्डमै निहित रहनेछ भने प्रस्ताव फाराम र सम्बन्धित नीति बोर्डको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको बोर्डले जनाएको छ।

यस निर्णयले बोर्डको रकमलाई सुरक्षित र प्रतिफल दिने माध्यमबाट सदुपयोग गर्ने उद्देश्य लिएको बोर्डको भनाइ छ।