Dhulikhel Eco Banner new

एसवाई प्यानलको आईपीओ बिक्री खुला

2.55K
shares

काठमाडौं, १९ कात्तिक । एसवाई प्यानल नेपाल लिमिटेडले आज (कात्तिक १९ गतें देखि सर्वसाधारणका लागि आईपीओ जारी गरेको छ। कम्पनीले यसअघि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रथम चरणमा आईपीओ निष्कासन गरी बाँडफाँड गरिसकेकाले, यो दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिएको हो।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त कम्पनीले प्रतिकित्ता १०० अंकित दरका ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण सेयर जारी गर्न लागेको हो। तीमध्ये आयोजना प्रभावितलाई २ लाख ६१ हजार ६२७ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख ९७ हजार ९२ कित्ता शेयर वितरण भइसकेका छन्।

बाँकी सेयरमध्ये कम्पनीका कर्मचारीका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता छुट्याइएपछि अब ४० लाख ७६ हजार १५६ कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको हो।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। त्यसअनुसार न्यूनतम आवेदनका लागि रू। १,००० र अधिकतमका लागि रू। ५० लाख आवश्यक पर्नेछ। आवेदन आज कात्तिक १९ गते बिहान १० बजेबाट सुरु भई कात्तिक २३ गते बैंकिङ समयभित्र सम्पन्न हुनेछ।

यस आईपीओलाई इक्रा नेपाल लिमिटेडले ‘इक्राएनपी–आईआर बीबीप्लस रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको समयमै वित्तीय दायित्व पूरा गर्ने मध्यम स्तरको सुनिश्चितता दर्शाउँछ।

यस आईपीओको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडले रहेको छ।