प्रभु बैंकले कमायो ५५ करोड ८४ लाख ८३ हजार नाफा
वि.सं.२०८२ कात्तिक २१ शुक्रवार १०:२७
shares

काठमाडौं, २१ कात्तिक । प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ५५ करोड ८४ लाख ८३ हजार नाफा आर्जन गरेको छ । बैंकले आर्जन गरेको नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४६.३३ प्रतिशतले कम हो । गत आर्थिक वर्षको पहिलो त्रैमासम्ममा बैंकले १ अर्ब ४ करोड ६ लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको सञ्चालन नाफा १ अर्ब १७ करोड २० लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १६.५१ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको सञ्चालन नाफा १ अर्ब ४० करोड ३९ लाख रुपैयाँ रहेको थियो ।बैंकको खुद ब्याज आम्दानीमा भने सुधार देखिएको छ । तीन महिनामा बैंकको खुद ब्याज आम्दानी १०।१४ प्रतिशतले बढेर २ अर्ब ८९ करोड ५२ लाख ७६ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी २ अर्ब ६२ करोड ८६ लाख रुपैयाँ रहेको थियो ।
पहिलो त्रैमाससम्मको अवधिमा बैंकको चुक्तापूँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४० करोड ६० लाख रुपैयाँ र रिजर्भ कोषमा १४ अर्ब ५५ करोड ६० लाख रुपैयाँ सञ्चिति रहेको छ । यसअवधिमा बैंकको वितरणयोग्य नाफा ३ करोड ४७ लाख रुपैयाँबाट बढेर ४० करोड ६० लाख रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा ४.९४ प्रतिशतबाट बढेर ५.७८ प्रतिशतमा आइपुगेको छ । असोज मसान्तसम्मको अवधिमा बैंकको प्रतिशेयर आम्दानी ९.४९ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १६३.५५ रुपैयाँ रहेको छ ।



















