Dhulikhel Eco Banner new

हिमालयन बैंकले कमायो ७० करोड २८ लाख ९४ हजार नाफा

2.11K
shares

काठमाडौं, २१ कात्तिक । हिमालयन बैंकले चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमाससम्ममा ७० करोड २८ लाख ९४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३.२४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीले ७२ करोड ६४ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी २.२९ प्रतिशतले बढेर २ अर्ब ५० करोड ७१ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी २ अर्ब ४५ करोड ९ लाख रुपैयाँ रहेको थियो ।

यता, बैंकको सञ्चालन नाफा भने ४१.७२ प्रतिशतले घटेर १ अर्ब ५ करोड ६६ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सो अवधिमा भने बैंकको उक्त नाफा १ अर्ब ८१ करोड ३० लाख रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा बैंकको चुक्तापूँजी २२ अर्ब ५८ करोड १६ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ७ अर्ब ५४ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।

असोज मसान्तसम्मको अवधिमा बैंकको वितरणयोग्य नाफा ७ अर्ब ५४ करोड ६४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । यता, बैंकको खराब कर्जा ४.९८ प्रतिशतबाट बढेर ७।३९ प्रतिशत पुगेको छ । तीन महिनाको अवधिमा बैंकको प्रतिशेयर आम्दानी १२.४५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १७७.६३ रुपैयाँ रहेको छ ।