Dhulikhel Eco Banner new

सानिमा बैंकको नाफा बढ्यो, अन्य सूचक कस्तो ?

2.18K
shares

काठमाडौं, २१ कात्तिक । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिकमा ४५ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकको मुनाफा गत आर्थिक वर्षको तुलनामा १३.८६ प्रतिशतले वृद्धि भएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ३९ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी पनि २७.९१ प्रतिशतले बढेको छ । असोज मसान्तसम्ममा बैंकले एक अर्ब ६८ करोड ८५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले एक अर्ब ३२ करोड रुपैयाँको ब्याज आम्दानी गरेको थियो ।

बैंकको सञ्चालन मुनाफा बढेको छ । समीक्षा अवधिमा बैंकको सो मुनाफा १४.९४ प्रतिशतले वृद्धि भएर ६५ करोड ७६ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५७ करोड २१ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।

१३ अर्ब ५८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको सानिमा बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ १५ पैसा रहेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ ७१ पैसाँ रहेको छ । समग्र रुपमा बैंकको वित्तीय सूचांकहरुमा सुधार हुदै गएको छ । बैंकको कुल वितरणयोग्य मुनाफा २ अर्ब १३ करोड रुपैयाँ रहेको छ ।