एनएमबि बैंकको लाभांश घोषणा
वि.सं.२०८२ मंसिर ७ आइतवार ११:२८
2.59K
shares
shares

काठमाडौं, ७ मंसिर । एनएमबि बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस र ५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश गरी १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिने बैंकले जनाएको छ ।



















