प्रतितोला २ हजार ९ सयले बढ्यो सुनको मुल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ मंसिर ७ आइतवार १०:५५
3.15K
shares
shares

काठमाडौं, ७ मंसिर । स्थानीय बजारमा आइतवार सुनको मुल्य बढेका छ । सुनको मूल्य प्रतितोला २ हजार ९ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रवार प्रतितोला २ लाख ४१ हजार ७ मा कारोबार भएको सुनको मुल्य आइतवार २ हजार ९ सयले बढेर तोलामा २ लाख ४४ हजार ६ सयमा कायम भएको हो ।
त्यस्तै, आइतवार चाँदीको मुल्य पनि ३५ रुपैयाँले बढेको छ । शुक्रवार प्रतितोला ३ हजार १ सय रुपैयामा कारोबार भएको चाँदीको मुल्य आइतवार तोलामा ३ हजार १ सय ३५ रुपैयामा कायम भएको छ ।



















