Dhulikhel Eco Banner new

दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

3.87K
shares

काठमाडौं, ६ पुस । आइतवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १९.९२ अंकले घटेर २५९५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ४३ कम्पनीको शेयर मूल्य बढेको छ भने २०७ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ४ अर्ब ५२ करोडको कारोबार भएको हो ।

दोहारो अंकले घटेको शेयर बजारमा एसवाइ प्यानलका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् ।

यसदिन १०.२५ प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८६ का लगानीकर्ताले ९.८३ प्रतिशतका दरले कमाएका हुन् भने ९५ नेपाल एसबीआई बैंक ऋणपत्र २०८९ का लगानीकर्ताले ९.२१ प्रतिशतका दरले कमाएका हुन् ।

त्यसैगरी १०.२५ प्रतिशत केबीएल डिबेन्चर २०८६ का लगानीकर्ताले ८.६३ प्रतिशतका दरले कमाएका हुन् भने तेह्रथुम पावर कम्पनी लिमिटेडका लगानीकर्ताले ८.२० प्रतिशतका दरले कमाएका हुन् ।