Dhulikhel Eco Banner new

सहकारीहरु अनुशासित हुनु पर्नेमा सरोकारवालाको जोड

5.16K
shares

काठमाडौं, २३ फागुन । पछिल्लो समय सहकारीमा समस्या देखिनुको कारण सहकारीहरु आफ्नो मर्म अनुसार सञ्चालन नुहनु र अनुशासनमा नबस्नु रहेको सरोकारवालाहरुले बताएका छन् । मंगलबार नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्था लिमिटेडले आयोजना गरेको ‘नेपालमा वित्तीय सहकारी ऐनको आवश्यकता’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारीहरु अनुसाशनमा बस्नु पर्ने बताएका हुन् ।

अहिले पनि सहकारीहरुले आफ्नो मर्मअनुसार काम नगरेका कारण समस्या आएको बताएका छन् । आर्थिक मन्दीले पनि प्रभाव पारेको भए पनि समस्या आएका सहकारीहरुको हकमा सञ्चालकहरुको वदनियत र अनुशासनमा नबस्नुको परिणाम भएको सरोकारवालको भनाइ छ । कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीप्रन्द्र बहादुर क्षेत्रीले कानुन बन्दैमा सबै समस्या समाधान नहुने बताए । ‘अहिले पनि हामीसँग सहकारी ऐन छ । सो ऐनले दिएको कुरा कार्यान्वयन गर्न छोडेर अर्को ऐन किन चाहियो,’ उनले भने । सहकारीहरु स्वइच्छाचारी ढङ्गले चलेको उनको भनाइ थियो । ‘कुनै सहकारीको सञ्चालक विदेश घुम्न पनि गएको पाइयो, त्यो पनि सहकारीको पैसामा । उहाँको नाम नलिउँ तर यो सहकारीको मर्म अनुसार हो त ? यस्ता कार्यहरु रोक्नका लागि नयाँ कानुन नै चाहिदैन,’ उनले भने ।

एकभन्दा बढी सहकारीको सदस्य भएर साधारण सभाको वेला एकै दिन १० वटासम्म साधारण सभामा उपस्थित हुने छन् । यस्तो कार्यले कसरी सहकारीको मर्म अनुसार काम हुन नसकेको उनको भनाइ थियो ।

त्यस्तै नेकपा माओवादी केन्द्रका नेता लिलामणी पौडेलले सहकारीहरुले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर काम गर्न खोज्दा समस्या आएको बताए । सहकारीहरु आफ्नो क्षेत्राधिकार र परिधिमा रहेर अनुशासित रुपमा काम गर्नु पर्ने उनको भनाइ थियो ।

त्यस्तै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष पुष्पराज कंडेलले पनि सहकारीहरु अनुशासनमा नसकेका कारण नै यो अहिलेको समस्या आएको बतए । सहकारीहरुले घरजग्गामा लगानी गरेको अवस्था छ । जुन अनुत्पादक क्षेत्र भएकाले समस्या भयो । सहकारीका सदस्यहरुमा र उत्पादनशील क्षेत्रमा लगानी गरेको खण्डमा सहकारीमा समस्या नआउने उनको भनाइ थियो ।

त्यस्तै नेकपा एकीकृत समाजबादीका नेता डा. विजय पौडेलले सहकारीको पैसा लगानी गर्ने वातावारण नै नभएको बताए । बस्तु उत्पादन गर्दा पनि बजारीकरणको समस्या भएको उनको भनाइ थियो । सहकारी, लघुवित्त, बैंकहरुमा लगातार रुपमा प्रहार भइरहेको भन्दै यस तर्फ पनि सहज हुने उनले आग्रह गरे ।

त्यस्तै भुमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारी अर्थतन्त्रको एक खम्बा भएको भन्दै अर्थतन्त्रमा ठूलो योगदान दिएको बताए । तर केही सहकारीहरु अनुशासनमा नबस्दा सबैलाई समस्या भएको उनको भनाइ थियो । ‘हामीले हासिल गरेको उपलब्धीमा सहकारीको पनि भूमिका छ । तर केही सहकारीका कारण समग्र सहकारी अभियानमा नै प्रहार हुन गलत हो,’ उनले भने ।

अहिले पनि सहकारीका लागि कानुन रहेको भन्दै अर्को ऐन बन्दैमा मात्रै समस्या समाधान हुन्छ भन्ने कुरामा विश्वास गर्न नसकिने उनको भनाइ छ । ‘चार कक्षा पास नगरेरै कक्षा पाँचमा राम्रो गर्छु भनेजस्तो देखिन्छ । तसर्थ अहिले भएको व्यवस्थामा नै काम गर्नु पर्छ,’ उनले भने । नयाँ नियम ल्याउँदैमा समस्या समाधान नहुने उनको तर्क थियो ।

त्यस्तै राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशव बढालले नेपालको समय सुहाउँदो तरिकाका सहकारीहरु आवश्यक रहेको बताए । विदेशको भौगोलिक अवस्था र नेपालको फरक भएकाले विदेशिको कुरामा जोड दिने भन्दा पनि नेपालको सन्दर्भमा कान गर्नु पर्ने उनको धारणा थियो । ‘हाम्रो भौगोलिक अवस्था अमेरिका, कोरिया, क्यानडा भन्दा फरक छ । तसर्थ त्यहाँको जस्तै गर्न खोजेर हुँदैन । हाम्रो माटो सुहाउँदो तरिकाले काम गर्नु पर्छ,’ उनले भने ।

ऐन बन्नुपर्छ भन्ने पक्षमा आपूm पनि रहेको भन्दै त्यसका लागि जति मेहनत गरे पनि मन्त्रालयका कर्मचारीले थोरै मात्रै परिवर्तन गरिदिदा समस्या हुने गरेको उनले बताए । नेपालबाट सिकेर काम थालेको बंगलादेशमा सफल भएको तर नेपालमा भने असफल भएको उनको भनाइ थियो । त्यसको मूख्य कारण भौगोलिक अवस्थिति नै रहेको उनको तर्क छ ।